नेचासल्यान गाउँपालिकाले बालिका बचत खाता कार्यक्रम सञ्चालन गर्ने



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाले बालिका बचत खाता कार्यक्रम सञ्चालन गर्ने भएको छ।

बालिका बैंक खाता सञ्चालनका लागि कोष कार्यविधि निर्माण गरेर प्रक्रिया अघि बढाएको गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिईन्।बालिका बचत बैंक खाता सञ्चालन कार्यविधि अनुसार बैंक खातामा गाउँपालिकाले २ हजार जम्मा गरिदिने उपाध्यक्ष राईले बताईन् ।

गाउँपालिकाले पालिका भित्र स्थायी बसोबास गर्ने नागरिकबाट गत जेठ १ गतेदेखि २०७९ साल पुष मसान्तसम्म जन्म भएकाको हकमा फागुन मसान्त सम्म र अन्यको हकमा ३ महिना भित्रमा बाणिज्य बैंक नेचामा खाता खोल्न आग्रह गरेको छ ।

आवश्यक कागजात सहित निवेदन दिनका लागि गाउँपालिकाले सार्वजनिक सुचना जारी गरेको हो । उक्त कार्यक्रम स्थानीय तह निर्बाचनको घोषणापत्रमा आधारित रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्