नेकपा एमालेले देशब्यापी रूपमा अभिमुखीकरण सञ्चालन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फागुन ५ गतेबाट सातवटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।सातवटै प्रदेशमा फागुन र चैत दुई महिनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीलाई जरैदेखि मजबुत बनाउने उद्देश्यले सञ्चालन हुने सो अभियानमा देशका विभिन्न पालिकामा केन्द्रीय सदस्य खटिने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकले पार्टीको सदस्यता नवीकरण गर्ने, पार्टी प्रशिक्षण, स्थानीय जनप्रतिनिधि र पार्टीका प्रतिनिधिबीच सम्बन्ध सुव्यवस्थित गर्ने, विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका बारेमा रायसुझाव लिनेलगायतका ११ वटा कार्यादेश (टीओआर) तोक्नुका साथै प्रत्येक केन्द्रीय सदस्यलाई कम्तीमा तीनवटा पालिकामा भागमा परेको बताउँनुभयो।

