आज राष्ट्रियसभा सदस्य उपनिर्बाचन हुँदै, तीन उम्मेदवार प्रतिस्पर्धामा



दाङ।लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुदैँछ ।तत्कालीन एमाले सांसद खिमलाल भट्टराईले राजीनामा दिए पछि रिक्त हुन पुगेको प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पदमा निर्बाचन हुन लागेको हो।

सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।निर्बाचनमा सत्तारूढ एमालेकातर्फबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार मतदान बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ भने मतदान दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्