छुट्टाछुट्टै दुर्घटनामा सोलुखुम्बुमा एकको मृत्यु ,अर्का एक घाइते



सोलुखुम्बु । सोलुखुम्बुमा भएका छुट्टाछुट्टै ठाउंमा भएका मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु र एकजना घाइते भएका छन् ।

माप्य दुधकोशी गाउँपालिका -४ काँकुबाट बासा जादै गरेको बा ४४ प २६१९ नम्बरको पल्सर मोटरसाइकल रमिते डाँडामा दुर्घटना हुँदा एक जनाको मृत्यु र सोलुदुधकुण्ड नगरपालिकाको लोदिङमा अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मृत्यु हुनेमा माप्यदुधकोशी गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय हेम कुमार राई छन्।खास्ताप स्थित प्राथमिक अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको हो।

उता, सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानी लोदिङका १५ वर्षीय इवन श्रेष्ठ घाइते भएको प्रहरी जनाएको छ । दुर्घटनाबाट श्रेष्ठको हात भाँचिएको छ भने उनको जिल्ला अस्पतालमा उपचार भईरहेको पारिवारिक श्रोतले जनाएको छ । मोटरसाईकल सडकबाट करिब १० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मोटरसाइकल चालक अन्दाजी १६ वर्षीय छेतेन शेर्पाको अवस्था सामान्य छ भने उनलाई अस्थायी प्रहरी नियन्त्रणमा राखिएको छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्