माओवादी केन्द्र निकट कर्मचारीको सोलुखुम्बु जिल्ला अधिबेशन सम्पन्न ,अध्यक्षमा राई



सोलुखुम्बु।नेकपा माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती सोलुखुम्बुको अध्यक्षमा विशाल बाबू लिफङ राई निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न पाँचौं जिल्ला सम्मेलनबाट अध्यक्षमा राई सहित १५ सदस्यीय नया जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षहरुमा नगेन्द्र बस्नेत, हरिलाल कुलुङ र बन्दना राई, सचिवमा प्रकाण्ड न्यौपाने, सहसचिव नन्दराज राई, र कोषाध्यक्षमा जितेन्द्र राई निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक भोजराज कार्कीले जानकारी दिनुभयो ।

सोही सम्मेलनको बन्दसत्रले केन्द्रीय प्रतिनिधिको रुपमा सुबास तामाङ र काली बहादुर राउत तथा प्रदेश प्रतिनिधिमा सन्जित गौतम, एशोदा बस्नेत र गणेश बहादुर गुर्धामीलाई पठाउने निर्णय गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक अशिम राईले सेवा प्रवाहलाई कर्म र धर्म ठानेर काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । राजनितिक दलदेखि कर्मचारी सबैको पहिलो धर्म नै नागरिक सेवा प्रवाह भएकाले यसलाई आत्मसात गरि काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

यस्तै संगठनका प्रदेश १ अध्यक्ष रुद्र सुवेदीले राज्यले स्थानीय र संघीय तहको कर्मचारीहरुलाई हेर्ने नजर फरक भएकाले यसलाई सुधार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्