जुम्ला प्रशासन कार्यालय अगाडि कर्मचारीद्वारा आत्मदाह प्रयास
काठमाडौं।नागरिकता विवादका कारण पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेलाई गृहमन्त्री बनाउनु पर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने माग गर्दै एकजनाले आत्मदाह प्रयास गरेका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि बाँकेको कोहलपुर घर भएका सरकारी कर्मचारी गोकर्ण कार्कीले बिहीबार पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका हुन्।जुम्लाका डीएसपी नरेन्द्र चन्दका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सवारी चालक कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन्।

