कैलाली-२ बाट निर्बाचित सांसद चौधरी पक्राउ
काठमाडौं।नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन्।

कैलालीबाट काठमाडौं आउंदै गरेका चौधरीलाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो।सांसद चौधरीलाई आगजनीको मुद्दामा १० वर्षअघि अदालतले दोषी ठहर गरेको थियो। त्यहि मुद्दामा अदालतको फैसला कार्यान्वयन गराउने क्रममा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। कैलालीको क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद ६ महिना कैदको फैसला सुनाएको थियो ।

