मन्त्री राजभण्डारीको प्रमुख स्वकीय सचिबमा राई र प्रेस सल्लाहकारमा श्रेष्ठ नियुक्त



बिराटनगर ।१ नं. प्रदेश सरकारका सामाजिक बिकास मन्त्री बुद्धिकुमार राजभण्डारीले आफ्नो सचिवालयमा हर्कबहादुर राई र नुतन श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । गत पुस २९ गते मन्त्रीपदको सफथ लिनु भएका राजभण्डारीले हर्कबहादुर राईलाई प्रमुख स्वकीय सचिव तथा नुतन श्रेष्ठलाई स्वकीय सचिव तथा प्रेस सल्लाहकारको जिम्मेवारी प्रदान गर्नुभएको हो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रमुख स्वकीय सचिव राई हाल नेकपा एमाले जिल्ला कमिटी, सोलुखुम्बुका उपाध्यक्ष हुन् भने श्रेष्ठ नेपाल पत्रकार महासंघ, सोलुखुम्बुका अध्यक्ष एवं प्रेस चौतारी नेपालका निवर्तमान प्रदेश सह संयोजक हुन् । मन्त्री राजभण्डारीले क्षेत्रगत रुपमा समेत सचिवालयलाई मिलाउने प्रयास गरेको देखिन्छ । वहाँले सोलुखुम्बु जिल्लाको दुवै निर्वाचन क्षेत्रको प्रतिनिधित्व हुने गरी सचिवालय निर्माण गर्नुभएको छ ।

मन्त्री राजभण्डारीले यसअघि पनि प्रदेश सभा सदस्य, नेकपा एमाले १ नं. प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी सम्हालि सक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्