सोलुखुम्बु : भोलिदेखि यातायात सेवा नियमित सञ्चालनमा आउने



प्रदीप खालिङ,सोलुखुम्बु।जिपमा भएको हुट तत्काल नहटाउन ट्राफिक कार्यालय सहमत भएसंगै अनिश्चितकालीन बन्दको चेतावनी दिंदै आजबाट यातायात ठप्प पारेका यातायात ब्यबसायीहरुले भोलिदेखि सेवा नियमित सञ्चालन गर्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी(सिडिओ), प्रहरी नायब उपरीक्षक(डिएसपी), ट्राफिक प्रहरी इन्चार्जसहित यातायात व्यवसायी संघबीच भएको छलफलमा व्यवसायिक सामाग्री बाहेकका यात्रुका हल्का लकेजहरु मात्रै लगाउनु पर्ने सर्तमा अर्को निर्णय नभएसम्मका लागि हालको हुट नहटाउने सहमति भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्