सोलुखुम्बुबाट छुट्ने लामो दूरीका यातायात भोलि देखि बन्द !



प्रदिप खालिङ,सोलुखुम्बु।सोलुखुम्बुबाट लामो दुरीको लागि छुट्ने यातायात सेवा भोलिदेखि अनिश्चितकालसम्मका लागि बन्द गरिने भएको छ।

यातायात बिभागको निर्देशन अनुसार यात्रुबाहक सवारी साधन सुमो गाडीको छत हटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले परिपत्र गरेसंगै ब्यबसायीहरुले यातायात सेवा बन्द गर्न लागेका हुन।यात्रुबाहक सवारी साधनको छतमा यात्रुहरुको लगेजसहित बढी सामान बोक्दा दुर्घटना हुने सम्भावना बढी देखिएकोले यस्को न्यूनीकरणका लागि यातायात ब्यबसायीहरुलाई निर्देशन दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका इन्चार्ज कृष्णकुमार कटुवालले जानकारी दिनुभयो ।

तर ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले दिएको सो निर्देशन स्वीकार्य नभएको संयुक्त सोलु यातायात ब्यबसायीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठको भनाई छ।यातायात ब्यबसायी र जिल्ला प्रसाशन कार्यालयबीच यस बिषय भोलि छलफल हुने बताईएको छ। यातायात ठप्प हुँदा यात्रुहरुलाई आफ्नो गन्तव्यसम्मको यात्रा असहज भएको यात्रुहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्