अर्याल बने रास्वपाको कार्यबाहक सभापति र संसदीय दलको नेता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद (डिपी) अर्यालले पाएका छन् ।
सर्वोच्च अदाललको फैसलापछि शक्रवार बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता डा मुकुल ढकालले बताए ।बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ । उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो ।बैठकमा रवि लामिछाने उपस्थित थिएनन्।

नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि उनको पद गएको थियो ।

प्रतिक्रिया दिनुहोस्