लामिछाने बाहिरिएसंगै गृह मन्त्रालय प्रधानमन्त्री दाहाल आफैंले सम्हाल्ने
काठमाडौं । सर्बोच्च अदालतको आदेशसंगै रबि लामिछानेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमेपछी गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले लिएका छन् ।
सर्बोच्च अदालतको आदेश स्वीकार गर्दै लामिछानेले पदबाट राजीनामा दिएपछि रिक्त रहेको गृह मन्त्रालयको जिम्मेवारी दाहालले आफैंले लिएका हुन्।
सर्वोच्चको संवैधानिक इजलासले अनागरिक भएको ठहर गरेपछि गृह मन्त्रालयबाट बाहिरिँदै गर्दा लामिछानेले सर्वोच्च अदालतको फैसलालाई आफूले स्वागत गर्ने र स्वीकार गर्ने बताएका थिए ।
उनले अब आफू अनागरिक भएकाले कहीँ पनि केही पनि नरहेको बताए।