कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहिवार सूचना जारी गर्दै विशेष कारणवश बैठक अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित गरिएको जनाएका छन्।

यसअघि दोस्रो पटक सरेको कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।पुस २२ बाट पुस २८ मा बस्ने तय भएको बैठक पुनः सरेर माघ १५ गते बस्ने तय भएको थियो ।

