ऋणकै कारण अर्का ब्यबसायीले पनि गरे आत्महत्या
विराटनगर ।ब्यबसाय गर्दा लागेको ऋणकै कारण राजधानीमा एक ब्यक्तिले आत्मदाह गरेकै भोलिपल्ट बिराटनगरमा अर्का ब्यबसायीले आत्महत्या गरेका छन्।
विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहनप्रसाद न्यौपाने बुधबार विराटनगर महानगरपालिका– ३ स्थीत आफ्नै घरमा आत्महत्या गरेका हुन् ।

न्यौपाने विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका थिए । न्यौपाने इलेक्ट्रिक संघ मोरङका पूर्व अध्यक्ष हुन् । बुधबार उनलाई आफन्तले बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् । व्यावसाय गर्दा लागेको ऋणका कारण आत्महत्या गरेको पारिवारिक स्रोतले बताएको छ ।
मृत भेटिएका न्यौपानेको सुसाइट नोट पनि फेला परेको छ । तीन पन्ने सुसाइट नोटमा उनले बैंकको एक करोड ४५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्, जसको मासिक पाँच लाख किस्ता तिर्नुपर्नेछ ।बुबा–आमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसाइट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् ।सुसाइट नोटका विषयमा पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तीराज कोइरालाले बताए ।
मंगलबारमात्रै इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै नयाँ बानेश्वरस्थित संसद भवन अगाडी आत्मदाह गरेका थिए।उपचारका क्रममा कीर्तिपुरमा रहेको बर्न अस्पतालमा बुधबार उनको निधन भएको थियो।उनी पनि ब्यबसायी हुन्।

