गेष्ट हाउसमा मृत भेटिए सेनाका जवान



काठमाडौं।नेपाली सेनाका जवान बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मृत भेटिएका छन्। रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की मृत भेटिएका हुन्।

पाल्पा रैनादेवी छहरा घर भएका उनी गणबाट सोमबार हिँडेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। मंगलबार विहान गेष्ट हाउसको कोठा नम्बर १०२ मा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका थिए।

कार्कीको हत्या हो या आत्महत्या अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए। उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएको छ।

प्रतिक्रिया दिनुहोस्