प्रशान्ति एकेडेमीद्वारा शैक्षिक सामाग्री बितरण



काठमाडौं।प्रशान्ति एकेडेमीले आफ्नो व्यानरमा शैक्षिक सामाग्री वितरण गरेको छ।सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका वडा नं ५ को आधारभुत विद्यालय बाह्रबिसे ठुल्ढुङ्गामा अध्ययन गर्ने सम्पुर्ण छात्रछात्रालाई आवश्यकीय सामाग्री वितरण गरेको हो।

प्रशान्ति एकेडेमी कपन काठमाडौंका अध्यक्ष मुरारी भण्डारी गृह जिल्लामा विद्यालयका प्रिन्सिपल समिर बास्तोला, वोर्ड डाइरेक्टर कुमार कसजु तथा अन्य व्याक्तित्वहरुको ऊपस्थितिमा न्यानो कपडा तथा आवश्यकीय सामाग्री वितरण गरिएको हो।

सामाग्री वितरण गर्ने क्रममा अध्यक्ष भण्डारीले यो पुण्य कार्य गर्न पाएकोमा खुसी लागेको र आगामी दिनमा समेत यस प्रकारका सहयोग गर्दै जाने कुरा वताए।कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष राजु बरालले सम्पुर्ण सहयोगी मनहरु र मनकारी व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे।कार्यक्रम कार्यपालिका सदस्य सावित्रा थापा मगरको सभापतित्वमा भएको थियो ।

कार्यक्रम आयोजक श्री आधारभुत विद्यालय ठुल्ढुंगाको तर्फबाट अतिथिहरुलाई भव्य स्वागत गरिएको थियो। प्रिन्सिपल बास्तोलाले अतिथिहरुको स्वागतका लागि हार्दिक आभार व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्