मधेस प्रदेशसभाका दुई स्वतन्त्र सांसदले रोजे जसपा



जनकपुरधाम । मधेस प्रदेशसभाका दुई स्वतन्त्र सांसदले जसपा रोजेका छन्।महोत्तरी क्षेत्र नम्बर–२ ‘ख’बाट निर्वाचित सुरिता कुमारी शाह र पर्सा क्षेत्र–३ ‘क’बाट निर्वाचित प्रमोद जैसवाल जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

आइतबार अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा प्रवेश गराए । योसँगै मधेस प्रदेशसभामा जसपाका १८ सांसद भएका छन् । यहाँ जसपा तेस्रो दल हो । केन्द्रीय सत्तासाझेदारीअनुसार जसपाले मधेस सरकारको नेतृत्व गरेको छ ।
मधेसमा ६ स्वतन्त्र सांसद निर्वाचित भएका थिए । त्यमध्ये चारजना विभिन्न पार्टीमा प्रवेश गरिसकेका छन् । साह र जैसवालबाहेक एक सांसद नेकपा (एमाले)मा र एक केही दिनअघि जनमत पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्