प्रशान्ति एकेडेमीमा खेलकुद सप्ताह सम्पन्न
काठमाडौं।बुढानिलकण्ठ नगरपालिका- १२ कपनस्थित प्रशान्ति एकेडेमीले माघ ३ गते सुरु गरेको खेलकुद सप्ताह खेलाडी विद्यार्थीहरु को बृहत सहभागितामा शनिबार सम्पन्न गरेको छ।

विविध साँस्कृतिक कार्यक्रमका झलक तथा अन्य गतिविधिहरुसहित उद्घाटन गरिएको खेलकुद सप्ताह विजेताहरुको घोषणा ,केही उपहार वितरण र रेफ्री , खेल शिक्षक तथा प्रतियोगी विद्यार्थीलाई सम्मान सहित सम्पन्न गरिएको हो।
खेलकूद सप्ताहमा खेलहरु विद्यालय परिसर र फुटसलमा समेत संचालन गरिएको थियो । यस पटक विभिन्न २० प्रकारका विधामा ५२ ईभेन्ट्स संचालन भएको प्रिन्सिपल समिर बास्तोलाले वताए।
प्रत्येक वर्ष गरिदैं आएको यो प्रकारको खेल सप्ताह कोभिड प्रभावका कारण १ वर्ष रोकिएकोमा यो साल १५औं संस्करण सम्पन्न भएको छ। यस पटक समुह खेल लाइ आधार मानि सोही प्रकारका धेरै खेलहरु समावेश गरि संचालन गरिएको प्रिन्सिपल बास्तोलाले वताए। खेल सप्ताहमा यस पटक अभिभावक का लागि समेत शुक्रवार र शनिवार ५ खेल प्रतियोगीताहरु संचालन गरियो। साथै शिक्षकहरुका लागि समेत खेल संचालन गरियो।
यस सप्ताहमा विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी तथा सदनलाई एक विशेष कार्यक्रम गरि पदक प्रमाणपत्र र ट्रफी यही १२ गते वितरण गरिने समेत आयोजक ले वताएको छ। समापन सेसन प्रिन्सिपल बास्तोलाको धन्यवाद ज्ञापन र अर्को वर्ष १६ औं संस्करणको कार्यक्रम गरिने घोषणाका साथ कार्यक्रम सम्पन्न गरिएको थियो।

