सभामुखमा घिमिरे,उपसभामुखको निर्बाचन शनिबार
काठमाडौं।प्रतिनिधिसभामा सभामुखको निर्बाचन सम्पन्न भएको पर्सिपल्ट अर्थात शनिबार उपसभामुखको निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।

उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकले सभामुख पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित गरेको छ।
घिमिरेको पक्षमा एक सय ६७ मत खसेको थियो भने उनको विपक्षमा एक सय मत खसेको थियो । घिमिरेबिरुद्ध नेपाली कांग्रेसकि सांसद इश्वरी न्यौपानेको उम्मेदवारी थियो।न्यौपानेलाई नेपाली कांग्रेस,नेकपा एकीकृत समाजबादी र लोसपाका सांसदले मतदान गरेका थिए।मतदानमा दुई सय ६८ ले भाग लिएका थिए । एक जनाले मत दिएनन् ।

