देबराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउंदै एमाले



काठमाडौं।प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने भएका छन् ।

बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दिनेछन् ।घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे बसेका छन् । यसअघि बुधबार बिहान एमालेले घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

सत्ता गठबन्धनका दलहरूबीच सभामुख एमाले र उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्