गठन भएको २३ दिनपछि दाहाल सरकारले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?
काठमाडौं।प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।
नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा शपथ ग्रहण लिएका छन्। बिस्तारित मन्त्री परिषदमा नेतृत्वको सरकारमा अधिकांश नयाँ सांसदले मन्त्री बन्ने अवसर पाएका छन्। गत पुस ११ गते शपथ लिएका प्रचण्ड नेतृत्वको सरकारमा १४ जना मन्त्री र ३ जना राज्यमन्त्री नयाँ छन्।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट सबैभन्दा बढी ८ मध्ये ६ जना नयाँ मन्त्री बनेका छन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र ज्वाला कुमारी शाह यसअघि पनि मन्त्री भइसकेका हुन् भने डा. विमला राई पौडेल, पदम गिरी, हरि उप्रेती, दामोदर भण्डारी, राजेन्द्र राई र भगवती चौधरी पहिलो पटक मन्त्री भएका हुन्।
प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाएको माओवादी केन्द्रमा दुई जना नयाँ अनुहार मन्त्री भएका छन्। माओवादीबाट प्रधानमन्त्री प्रचण्डसहित उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, रेखा शर्मा यसअघि नै मन्त्री भइसकेका हुन् भने सुदन किराँती र अमनलाल मोदी पहिलो पटक मन्त्री बनेका हुन्।सुशीला श्रीपाली पनि पहिलोपटक राज्यमन्त्री बनेकी हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना नयाँ अनुहार परेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन र ध्रुवबहादुर प्रधानले पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन्। दीपकबहादुर सिंह पनि पहिलोपटक राज्यमन्त्री बनेका हुन्। विक्रम पाण्डे यसअघि पनि मन्त्री भइसकेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी नै नयाँ भएकाले यसका सबै मन्त्री नयाँ छन्। सभापति रवि लामिछानेदेखि शिशिर खनाल र डिपी अर्याल पहिलोपटक मन्त्री बनेका हुन्। यस्तै राज्यमन्त्रीमा डा. तोसिमा कार्की पनि पहिलोपटक राज्यमन्त्री बनेकी हुन्। जनमत पार्टीका अब्दुल खान पनि पहिलोपटक मन्त्री बनेका हुन्।
११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए।
कस्लाई कुन मन्त्रालय ?
उपप्रधानमन्त्रीहरु
-विष्णु पौडेल, अर्थमन्त्री
–नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधारमन्त्री
–रवि लामिछाने, गृहमन्त्री
–राजेन्द्र लिङ्देन, ऊर्जामन्त्री
मन्त्रीहरूः
–ज्वालाकुमारी साह, कृषिमन्त्री
–दामोदर भण्डारी, उद्योगमन्त्री
–राजेन्द्रकुमार राई, भूमि, व्यवस्था तथा सहकारी मन्त्री
–अब्दुुल खान,
–विमला राई पौडेल, परराष्ट्रमन्त्री
–पदम गिरी, स्वास्थ्यमन्त्री
–भगवती चौधरी, महिला बालबालिका मन्त्री
–हरि उप्रेती, रक्षा मन्त्री
–रेखा शर्मा, सञ्चारमन्त्री
–सुदन किराती, संस्कृतिमन्त्री
–अमनलाल मोदी, सामान्य प्रशासनमन्त्री
–सुशिला श्रीपाली, पर्यटन राज्यमन्त्री
–डोलप्रसाद अर्याल, श्रममन्त्री
–शिशिर खनाल, शिक्षामन्त्री
–तोसिमा कार्की, स्वास्थ्यमन्त्री
–ध्रुवबहादुर प्रधान, कानुनमन्त्री
–विक्रम पाण्डे, सहरी विकासमन्त्री
–दीपक सिंह, ऊर्जा राज्यमन्त्री


काठमाडौं।प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।