यति एयरलाईन्स दुर्घटना : ४६ जनाको शब काठमाडौं ल्याईंदै, तीन जना अझै बेपत्ता
काठमाडौं।पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएका ६९ जनामध्ये ४६ को शव आज काठमाडौँ ल्याईंदैछ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमारी शाहीका अनुसार नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत ती शब काठमाडौँ ल्याउन लागिएको हो। दुर्घटनामा निधन भएका बाँकी २३ को शव भने पाखेरामा परीक्षणपछि आफन्तलाई बुझाइनेछ ।
महाराजगञ्जस्थित शिक्षण अस्पतालमा शव लगिने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । शव ल्याउनका लागि सेनाको हेलिकोप्टर सोमबारै पोखरा पुगेको थियो ।
दुर्घटनामा बेपत्ता तीन जनाको खोजीकार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोरसहितको टोलीले खोजीकार्य गरिरहेको क्यानले छ ।विमान दुर्घटनामा परेर मृत्यु भएका ६९ जनाको शव पोखरास्थित सेतीको खोंचबाट संकलन गरिएको छ । विमानमा विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए । हालसम्म ४२ जनाको शबको पहिचान भइसकेको छ।

