भुईचम्पाको आठौ साधारण सभा सम्पन्न, अध्यक्षमा जमरकट्टेल
भक्तपुर।भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं ९ स्थित चुईचम्पादेवि टोल विकास संस्थाले आफ्नो आठौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

संस्था अध्यक्ष नारायण ढकालको सभापतित्वमा सम्पन्न साधारण सभाले आगामि तिन बर्षे कार्यकालको लागि सुरेशबाबु जमरकट्टेलको अध्यक्षतामा ९ सदस्स्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित अध्यक्ष संस्था गठनदेखि संस्थापक सचिव भई निरन्तर कृयाशिल भएको हुनाले अध्यक्ष हुदाँ संस्थालाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।
२०७२ सालमा संस्था गठन भई निरन्तर सञ्चालित संस्थाको प्रतिवेदन प्रतिवेदन, भावि कार्य योजनाहरु र ३८लाख ३८ हजार ३ सय ७६ रुपयाँ बराबरको आर्थिक प्रतिवेदन साधारण सभाले पास गरेको छ । साधारण सभामा ७५ बर्ष माथिका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक सम्मानबाट सम्मानित गरिएको छ । त्यस्तै संस्थाका विशेष सहयोगिहरुलाई पनि सम्मान गरीएको छ ।
मध्यपुर ठिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा नं ९ का वडा अध्यक्ष सानुकाजी राजबाघको विशेष आतिथ्यतामा सम्पन्न साधारण सभाले ५ सदसीय सल्लाहाकार समिति तथा ध्रुव पराजुलिको संयोजकत्वमा ३ सदसीय आर्थिक परिचालन कार्य विधि निर्माण समिति समेत गठन गरेको छ ।

