यति एयर विमान दुर्घटना : चार बालबालिकाको शब अझै भेटिएन
काठमाडौं।आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा फेला पर्न बाँकी रहेका चार जना बालबालिका रहेको खुलेको छ ।

चालक दलका चार सदस्यसहित विमानमा यात्रा गरिरहेका ७२ जनामध्ये अहिलेसम्म ६८ जनाको शव फेला परिसकेको छ । तीमध्ये अधिकांशको सनाखतसमेत भैसकेको छ भने पोस्टमार्टमको तयारी समेत भैसकेको छ ।उक्त विमानमा दुई वर्षभन्दा कम उमेरका तीन जनासहित कुल छ जना बालबालिका यात्रा गरिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख तथा रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार अहिलेसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको छ । ठाकुरका अनुसार अब भेटिन बाँकी सबै शव बालबालिकाका हुन् । ६८ जनाको शव आइतबार नै भेटिएको थियो ।

