सोलुदुधकुण्ड नगरप्रमुख शेर्पाद्वारा नेलेका अग्निपीडितलाई आर्थिक सहयोग हस्तान्तरण



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले थुलुङ दुधकोशी गाउँपालिका नेलेका अग्निपीडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।

प्रमुख शेर्पाले बिहिवार सोलुदुधकुण्ड नगरपालिका,आफ्नो ब्यक्तिगत र एनआरएन अमेरिका न्युयोर्क च्याप्टरबाट प्राप्त गरी एकमुष्ट ४ लाख ९८ हजार १ सय ५० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेका हुन्।एकमुष्ट आर्थिक सहयोगमध्ये एनआरएन अमेरिका न्युयोर्क च्याप्टरबाट प्राप्त २ लाख ८९ हजार १ सय ५०, सोलुदुधकुण्ड नगरपालिकाको तर्फबाट १ लाख ५० हजार र आफ्नो ब्यक्तिगत तर्फबाट ५० हजार रुपैयाँ रहेको नगरप्रमुख शेर्पाले जानकारी दिए।

शेर्पाले नेले अग्निपीडितका लागि आर्थिक सहयोग संकलन गरेर पठाएकोमा एनआरएन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष आङछिरिङ शेर्पालाई धन्यवाद समेत दिएका छन् ।अग्नीपीडितरुलाई हस्तान्तरण गरिएको आर्थिक सहयोगले थोरै भएपनि राहत पुग्ने बिश्वास लिएको बताउदै शेर्पाले थप सहयोगको लागि फेरि पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गत पुस ५ गते विद्युत सर्ट भइ आगलागी हुंदा नेलेमा पाँच घर जलेर नष्ट भएका थिए।

प्रतिक्रिया दिनुहोस्