अनेरास्ववियु सोलुखुम्बुले बोलायो जिल्ला कमिटीको बैठक
सोलुखुम्बु।अनेरास्ववियु सोलुखुम्बु जिल्ला कमिटीको पांचौ पूर्ण बैठक बोलाइएको छ।

आगामी पुष २५ गते नेकपा एमाले जिल्ला पार्टी कार्यालय सल्लेरीमा बस्ने गरि बैठक बोलाईएको जिल्ला कमिटी सचिब ङ्वाङतेञ्जी शेर्पाले जानकारी दिए।बैठकमा संगठन बिस्तार लगायत आगामी स्वबियू निर्बाचनको तयारीका सन्दर्भमा छलफल हुने उनको भनाई छ।
सचिब शेर्पाले जिल्ला कमिटीका सम्पूर्ण सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन आग्रह पनि गरेका छन् ।

