थुलुङ दुधकोशीमा जैविक मल कारखाना स्थापना गरिने
सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा जैविक मल कारखाना स्थापना गरिनेभएको छ ।कारखाना स्थापनाका लागि थुलुङ दुधकोशी गाउँपालिका र हिमालय एग्रोएकोलोजी रिसर्च एन्ड डेभलपमेन्टबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष अशिम राई र डेभलपमेन्टका अध्यक्ष माधवी मगरले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्र अनुसार पहिलो पक्ष भनिएको गाउँपालिकाले १० लाख रकम व्यवस्था गरि भवन निर्माण गर्ने छ भने दोस्रो पक्षले सम्झौता अवधीमा एक जना पुर्णकालीन कर्मचारीको व्यवस्था गरी आवश्यक सीप तथा औजार सामाग्री हस्तान्तरण गर्ने छ । यस्तै जैविक मलको ब्रान्ड र बजारीकरणमा समेत गरिनेछ ।
कार्यक्रममा महिला उद्यमशिलतामा जोड दिइने गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो । उहाँका अनुसार उद्यमशिलता बिकासका लागि पाँच जना महिलालाइ रु.१ लाख पचास हजार रुपैयाँ अनुदान उपलब्ध गराइनेछ । उक्त कार्यको दायित्व दोस्रो पक्षको रहने बताइएको छ ।
२०८२ सालको पुस मसान्तसम्म उक्त कार्य पूरा गरि गाउँपालिकालाइ हस्तान्तरण गरिने सम्झौता गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । जैविक मल निर्माण पश्चात् यहाँको कृषि उत्पादनसंगै आयअर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

