प्रशान्तिको अभिभावक वनभोज तथा अवलोकन भ्रमण सम्पन्न
काठमाडौं।बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ कपनमा अवस्थित प्रशान्ति एकेडेमी विद्यालयले पौष १६ गते अभिभावक वनभोज तथा अवलोकन भ्रमण कार्यक्रम काभ्रेपलान्चोक जिल्लाको बल्थली थुम्की लगायतका क्षेत्रमा गरी भव्यताका साथ सम्पन्न गरेको छ । यस कार्यक्रममा अभिभावक र शिक्षक गरि ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो।

उक्त वनभोज स्थल वल्थलीको थुम्किमा र अवलोकन भ्रमण रोसी खोलाको दोभानमा अवस्थित नव निर्मित लड्केश्वर महादेवको मन्दिर क्षेत्रको १०८ फिट अग्लो त्रिशूल, १०८ वटा धारा र त्यहाँ अवस्थित गुफाको समेत रहेको थियो । सो क्षेत्रहरु अवलोकन गर्ने अवसर प्रात भएकोमा अभिभावक अत्यन्तै हर्षित भएका थिए। सो क्षेत्रमा हालै धार्मिक पर्यटकीय हब वनाउने गुरुयोजनाका साथ कार्य भइरहेको छ।
त्यसैगरी, अभिभावकहरुलाई वनभोजमा मनोरञ्जन गराउन विभिन्न किसिमका मनोरञ्जनात्मक खेलकुदका कार्यक्रम गराइ प्रथम, द्वितीय र तृतीय हुनु हुने अभिभावकलाई पुरस्कार वितरणका साथै अङ्ग्रेजी नयाँ वर्ष 2023 को पुर्वसन्ध्यामा अभिभावकहरुले विभिन्न किसिमका गिफ्टहरु लक्की ड्रबाट छनौट गरी खुसी मनाए । साथै केही पुरस्कार र उपहारहरु शुभकामनाका साथ विद्यालयका प्रिन्सिपल समिर बास्तोलाले प्रदान गरे।
उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष मुरारीप्रसाद भण्डारीले अाफ्नो जन्मदिनको उपलक्ष्यमा एक महत्त्वपूर्ण र जीवन उपयोगी पुस्तक पनि सबै सहभागीलाई वितरण गरि धन्यबाद प्रदान गरे ।

