राप्रपा र नागरिक उन्मुक्ति सरकारमा सहभागी नहुने,प्रधानमन्त्रीसहित सात मन्त्रीले लिए सपथ
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री दाहालसँगै ७ जना मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री दाहालसहित माओवादी केन्द्रबाट २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीबाट १–१ जना मन्त्रीले शपथग्रहण गरेका हुन्।
माओवादी केन्द्रबाट उप–प्रधानसहित भौतिक पूर्वाधार मन्त्रीमा नारायणकाजी श्रेष्ठ, एमालेबाट उप–प्रधानसहित अर्थ मन्त्री विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित उप–प्रधानमन्त्रीमा रवि लामिछानेले शपथग्रहण गरे।
जनमत पार्टीबाट उद्योग वाणीज्य तथा आपूर्ति मन्त्रीमा अब्दुल खानले सपथ लिँदा एमालेका ज्वालाकुमारी शाह, दामोदर भण्डारी र राजेन्द्र राईले विनाविभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका हुन्।यो गठबन्धनमा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, स्वतन्त्रका ३ सांसद छन्।
राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुने भएको छ।

