प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता भएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजान्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्तिसहितका १६६ सांसदले प्रधानमन्त्रीका लागि प्रचण्डलाई समर्थन गर्ने सहमति भएको थियो।

उनले राष्ट्रपतिले भनेको समयमै संविधानको धारा ७६ उपाधारा २ अन्तर्गतको सरकार बन्ने बताए। ‘त्यसो नहुँदा उपाधारा ३ अन्तर्गत एउटा दल विशेषको सरकार रहने थियो। जुन कुरा निर्वाचनको जनादेशविपरीत हुने थियो’, उनले भने, ‘उपधारा २ अन्तर्गतकै सरकार बनाउन छलफल गर्यौँ। प्रचण्डको नेतृत्वमा उपाधराअन्तर्गत २ भन्दा धेरै दलको समर्थनको सरका बनाउन दाबी प्रस्तुत गर्ने सहमति भइसकेको छ।’

प्रस्ताव पेस भएसँगै राष्ट्रपति विद्या भण्डारीलाई अब प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्