एमाले नेता आचार्य प्रतिनिधिसभा सदस्यमा निर्बाचित
इटहरी।सुनसरी निर्वाचत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका भीम आचार्य विजयी भएका छन

उनले नेपाली कांग्रेसका सीताराम महतोलाई पराजित गर्दै प्रतिनिधि सभामा आफ्नो सिट सुरक्षित गरेका हुन् । त्यहाँ आचार्यले ३२ हजार ८ मत ल्याए भने महतोले २६ हजार ५८ मत पाए ।
आचार्य यसअघिको निर्वाचनमा प्रदेश सभामा निर्वाचित भएका थिए । उनले केही समयका लागि प्रदेश १ मा मुख्यमन्त्रीका रुपमा समेत जिम्मेवारी सम्हाले ।

