आफू पराजित भएपछि गृहमन्त्री खाँडले दिए राप्रपा नेता बोहरालाई बधाई



काठमाडौं।गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई बधाई दिनुभएको छ।

सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्नुभएका गृहमन्त्री खाणले आफू पराजित भएपछि निर्वाचित बोहोरालाई टेलिफोनबाट बधाई दिनुभएको हो।

राप्रपा नेता बोहोराले गृहमन्त्री एवम् नेपाली कांग्रेशका प्रभावशाली नेता खाणलाई दुई हजार ६ सय ८१ मतले पराजित गर्नुभएको हो। उक्त क्षेत्रमा बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्नुभयो भने खाणले ३४ हजार ३६ मत पाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्