सिंहदेवी मन्दिरमा भित्र्याईयो फूलपाती



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।नेचासल्यान गाउँपालिका-३ मा अवस्थित सिंहदेवी मन्दिरमा आईतवार फूलपाती भित्र्याइएको छ । सिंहदेवी सेवा समाज गुठीको आयोजनामा घटस्थापनाको दिनदेखी लगाइएको देवी भागवत महापुराणको सातौं दिन आज फूलपाति भित्र्याइएको हो ।

बेंसीगाउँस्थित हरिप्रसाद बास्तोला र डण्डीकेशर कटेलको घरनजिकै रहेको बेलको फेदबाट नवपत्रीका तयार पारी हर्ष बढाइकासाथ पञ्च कलश, पञ्च कन्या, बाजागाजाकासाथ देवीस्थानमा लगेर फूलपाति भित्र्याइएको थियो ।घटस्थापनाबाट शुरु भएको उक्त महापुराण पण्डित टंकप्रसाद ढुंगानाको मुखारविन्दबाट वाचन भइरहेको छ भने गुठीमा १५० भन्दा बढी घरधुरी सदस्य रहेका छन् ।

सिंहदेवी समाज सेवा गुठीमा नेचासल्यान गाउँपालिका वडा नं- २,३,४,५ का बहुसंख्यक सदस्यहरु रहेका छन् भने ओखलढुंगा जिल्ला चिसौकुगढी गाउँपालिका समेतका सदस्यहरु रहेको गुठीले जनाएको छ । बिगत दस वर्ष अगाडिदेखि सिंह देवीथानमा नवरात्रमा देवी भागवत महापुराण लगाइदै आएको छ भने समय र तिथि अनुसार हरेकिर्तन, फूल तार्ने, पाठी पूजा गर्ने चलन रहेको छ । उक्त मन्दिरमा दर्शन गर्नाले मनोवान्छित फल प्राप्त हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्