नेचासल्यानमा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न



डिल्ली शर्मा,सोलुखुम्बु। नेकपा एमालेले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कुसुम स्मृति प्रतिस्ठानको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्ब प्रदेश राज्यमन्त्री एबम् सांसद उत्तमकुमार बस्नेतले एमालेप्रतिको जनआकर्षण र बलियो शक्ति देखेर अन्य राजनीतिक दलहरू त्रसित बनेको बताउंँदै उत्साही बनेर निर्बाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गरे।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले एक्लाएक्लै एमालेसंग निर्बाचनमा प्रतिस्पर्धा गर्न नसकेकै कारण सत्तारुढ दल अप्राकृतिक गठबन्धन गर्ने कोशिसमा लागेको उल्लेख गर्दै जनअभितका अगाडी गठबन्धनको जोड नचल्ने बताए ।अघोषित गठबन्धनका कारण एमालेले गत स्थानीय निर्बाचनमा एमालेले नेचासल्यानमा प्राविधिक हार ब्यहोरेपनि निरास नभई संगठन निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो।

नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बाँस्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव आसकुमार राई शिशिरले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु सामाजिक जागरण ल्याउन सक्ने खालको हुनुपर्ने बताए। नेचासल्यान गाउँपालिका नेकपा एमाले समर्थित अगुवा कार्यकर्ता, बिभिन्न जनबर्गीय संगठनका जिल्ला प्रमुख लगायतको सहभागिता रहेको थियो।

गत भाद्र १० गते महाकुलुङबाट शुरु भएको नेकपा एमालेको बिशेष प्रशिक्षण सोताङ,थुलुङदुधकोशी हुँदै आज नेचासल्यान आईपुगेको हो। सोलुखुम्बु जिल्लाको प्रदेश (क)मा आजबाट प्रशिक्षण सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्