नेकपा एमाले गठबन्धन भनेर मरिहत्ते गर्ने पक्षमा छैन : एमाले नेता गौतम



गार्डेन राई,सोलुखुम्बु।नेकपा एमाले स्थायी कमिटीका सदस्य राजेन्द्र गौतमले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले तयारी सुरु गरेको बताउनुभएको छ ।

सोलु एफएमको कार्यक्रम कुराकानीमा बोल्नुहँदै वहाँले आगामी निर्वाचनमा उल्लेखनीय नतिजा ल्याउने गरि पार्टीले तयारी सुरु गरेको बताउनुभएको।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा अपेक्षित मतपरिणाम नआएको बताउंदै गौतमले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने किसिमले अघि बढेको दावी गर्नुभयो । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पराजित हुनुको मूख्य कारक गठबन्धन रहेको आरोप लगाउँंदै नतिजाको आधारमा संख्यामा कमी आएपनि जनताको भोटको आधारमा भने पहिलो पार्टी एमाले नै भएको जीकिर गर्नुभयो ।

उहाँले पार्टिभित्र तीन वटा ‘अ’ असमझदारी, असहयोग र अन्तर्घातको परिस्थिति सिर्जना भएका कारण निर्वाचनमा संतोषजनक नतिजा आउन नसकेको वहाँको भनाई थियो।

एक्लै प्रतिस्पर्धामा उत्रिए पनि निर्बाचन जित्ने थुप्रै आधारहरु एमालेले बनाएको बताउंदै वहाँले आफ्नो पार्टी गठबन्धन भनेर मरिहत्ते गर्ने पक्षमा नरहेको स्पस्ट पार्नुभयो। गठबन्धनको विषयमा हामीले अहिले सोचेका छैनौं, गौतमले भन्नुभयो-‘माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन छाडेर आएमा छलफल गरेर अगाडि बढ्न सकिने विकल्प भने खुला छ।’

प्रतिक्रिया दिनुहोस्