सहारा सोताङले गर्‍यो सरसफाइ कार्यक्रमको आयोजना



मिलन नाछिरिङ,सोलुखुम्बु।जिल्लाको सोताङ गाउँपालिकामा सहारा सोताङको आयोजनामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ।

पहिलो चरण अन्तर्गत गत साता इलाका प्रहरी कार्यालयदेखि बजार हुदै सोताङ अस्पतालसम्म सरसफाइ र फोहोर ब्यबस्थापनका लागि टोकरी राखेको सो संस्था दोश्रो चरणमा आज सोताङ बजार क्षेत्रमा १० वटा टोकरीसहित सरसफाइ गरिएको जनाइएको छ। सोताङ गाउँपालिकाभित्रका सामुदायिक संस्थाहरुको खाली जग्गामा वृक्षारोपण समेत गरिएको संस्थाका अध्यक्ष सहारा सोताङका लक्षमण नाछिरिङले जानकारी दिए।

नाछिरिङका अनुसार सहारा सोताङको औपचारिक उदघाट्न भोलि शनिबार ११ बजे सोताङ गाउंपालिकाको ५ नं. वडा को सभाहलमा गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्