अनिता बिन्दुलाई पराजित गर्दै प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित



केदार बस्नेत।नेपाल प्रेस युनियनको अध्यक्षमा इतर पक्षका शिव लम्साल निर्वाचित भएका छन् ।युनियनको महाधिवेशनमा लम्साल प्यानलबाट महासचिवमा दिलिप पौडेल यस्तै वरिष्ठ उपाध्यक्षमा प्रेम केसी खुला उपाध्यक्षमा नकुल अर्याल निर्वाचित भएका छन् भने संस्थापन पक्षका अर्को खुला उपाध्यक्षमा भिष्मराज ओझा र कोषाध्यक्षमा माधव धिताल बिजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्यसमितिको अधिकांश पदमा लम्साल प्यानलकै बहुमत भएको छ ।

गत शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडामा युनियनको ९ औं राष्ट्रिय महाधिवेशन उदघाट्न भएको थियो।नयाँ नेतृत्वका लागि संस्थापन पक्षकी अनिता बिन्दुलाई पराजित गर्दै लम्साल ८ वर्षपछि अध्यक्ष बनेका हुन्।८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग युनियनको अध्यक्षमा शिव लम्साल पराजित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्