स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका टोलबस्तीहरुमा यसरी दिंदैछ खुम्बु पासाङल्हामुले स्वास्थ्यसेवा
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढाको दूरीमा रहेका टोल र बस्तीहरुमा शिबिरमार्फत विभिन्न सेवा दिने भएको छ।

बुधबार सूचना जारी गर्दै गाउँपालिकाले वडा नं-१ को पाङगोम, वडा नं-३ को टोकटोकबाट सेवा दिन लागिएको जनाएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईंद्वारा जारी सूचनामा जनाईए अनुसार वडा नं-१ को पाङगोम र वडा नं-३ को टोकटोकमा हरेक महिनाको १९ गते र वडा नं-३ कै टोकटोकमा हरेक महिनाको १८ गते सेवा प्रदान गरिने छ।
पाङगोममा नियमित खोप,परिवार नियोजन,गर्भजाँच,प्राथमिक उपचार,सुगर टेष्ट, टोकटोकको साविक खोप केन्द्रबाट नियमित खोप तथा परिवार नियोजन सेवा र ३ को टोक्टोक साबिक खोप केन्द्रबाट परिवार नियोजन, गर्भजांच ,रक्तचाप जांच,सुगर जांच तथा अन्य सेवाहरु प्रदान गरिने सूचनामा उल्लेख छ।

