सोलुखुम्बुमा बोलेरो दुर्घटना
केदार बस्नेत ।सोलुखुम्बुको सल्लेरीमा बोलेरो दुर्घटना भएको छ।सोलुदुधकुण्ड नगरपालिकाभित्र पर्ने ५ र ६ को सिमाना नजिकको सडकबाट उकालो चढ्दै गरेको बोलेरो खोल्सामा खसेको हो ।

प्रहरीले घाइते चालक सहित एक बृद्ध र एक बालिका गरी ७ जनालाई उद्धार गरेको छ।बोलेरो दुर्घटनामा घाइते भएका यात्रुहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाईएको छ ।घाईते हुनेहरुमा थुलुङ दुधकोशी गाउँपालिका ७ र का ३० बर्षीय सवारी चालक विशाल खत्री ८ का ४८ बर्षीय संगित कला राई यस्तै सोही वडाका २९ बर्षीय विजय राई महाकुलुङ गाउँपालिका १ की ६९ बर्षीया मनमाया राई, ३ कि २१ बर्षीय सृष्टि राई, र ओखलढुंगाको मोलुङ गाउँपालिका ७ का ३६ बर्षीय गुरुनिमा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।प्रदेश नं ३–०१–०२४ च ८८७८ नम्बरको बोलेरो आज दुर्घटनामा परेको हो।

