कांग्रेसका प्रदेश महामन्त्री राईसहित अन्य नेताहरुलाई अनुशासन समितिले कार्वाही गर्यो
केदार बस्नेत।नेपाली कांग्रेस प्रदेश नम्बर १ का महामन्त्री भुपेन्द्र राईसहित अन्य २४ नेताहरू कार्वाहीमा परेका छन।बैशाख ३० गते सप्पन्न दोस्रो स्थानीय तहको निर्वाचनमा कांग्रेस हराउँन लागेको भन्दै कांग्रेस खोटाङले कार्वाही गरेको छ।अनुशासन समितिका संयोजक एवं जिल्ला कार्यसमितिका सचिव ज्ञानेन्द्र जोशीले गल्ती गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारबाही गर्न सिफारिस गरेका छन्।

अनुशासन समितिका संयोजक जोशीको यो एकल निर्णय हो।दिप्रुङ चुइचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका भूपेन्द्र राई सहित उक्त पालिकाबाट सभापति अमृत गिरी, क्षेत्रीय प्रतिनिधि एबं निवर्तमान वडाध्यक्ष पुर्णबहादुर खड्का, गाउँपालिकाको १ याम्खाका वडा सभापति रामचन्द्र राई, क्रियाशिल सदस्यहरु ज्ञानेन्द्रबहादुर राई,शम्भुकुमार राउत र सन्तबहादुर बिक जिल्ला सदस्य दिपक बिक, नेपाल विद्यार्थी संघका पालिका सभापति बलराम बस्नेतलाई चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गर्न प्रदेश र केन्द्रीय अनुशासन समिति समक्ष सिफारिस अनुशासन समितिले गरेको छ ।
ऐसेलुखर्क गाउँपालिकाबाट कार्वाहीको सुचीमा पालिका उपसभापति धनकाजी राई सुरेन, क्षेत्रीय प्रतिनिधि सन्तोष दाहाल, क्रियासिल सदस्यहरु रमेश राई र पुष्पराज बस्नेत गाउँपालिकाको १ राखाका वडा सदस्य गंगा तामाङको नाम कार्वाहीको सुचीमा समावेश छ घात गर्ने यि नेता तथा कार्यकर्ताहरुलाई चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गर्न प्रदेश र केन्द्रीय अनुशासन समिति समक्ष सिफारिस गरिएको संयोजक जोशीले बताए ।
यसैगरी खोटेहाङ गाउँपालिकाका क्षेत्रीय प्रतिनिधि गणेश खड्का, क्रियाशिल सदस्यहरु लक्ष्मी तामाङ,युवराज राई, शिखर खतिवडा, सुनिता तामाङ, नवराज घिमिरे, थिरप्रसाद घिमिरे, उमेश तामाङ, सुवास खड्का र विवेक घिमिरेलाई कार्वाही गर्न प्रदेश र केन्द्रीय अनुशासन समिति समक्ष सिफारिस गरिएको छ।यि नेता तथा कार्यकर्ताहरुलाई पनि चार वर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गर्न उल्लेख गरिएको छ ।
अनुशासन समितिले उक्त स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवार दिन कार्यकर्ता उक्साएको बागी चुनावी माहोल बिगारेको, एमालेका उम्मेदवारहरुसँग गोप्य बैठक बसी आर्थिक चलखेल गरी कांग्रेसका आधिकारिक उम्मेदवार हराउन भूमीका खेलेको लगायतका दावी सहित महामन्त्री राई लगाएत अन्य नेताहरूलाई कार्वाही गर्न अनुशासन समितिमा निवेदन परेको संयोजक जोशीको भनाई छ।निर्णय सार्वजनिक भएपछि महामन्त्री राईको समुह मौन बसेको छ।
कांग्रेसले ऐसेलुखर्क गाउँपालिका अध्यक्षको आधिकारिक उम्मेदवार बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सन्तबीर तामाङ लगाएत अन्य नेताहरूलाई यसअघि पार्टीबाट निष्काशन गरिसकेको छ।स्थानीय निर्वाचनमा पाच दलीय गठबन्धन कायम रहेको थियो भने एमाले एकल चुनावी मैदान थियो।


