सोलुखुम्बु : आफ्नै श्रीमती काल बनेर आएपछि …



सोलुखुम्बु । जिल्लाको सोलु दुधकुण्ड नगरपालिकामा घरायसी विवाद हुंदा पत्नीले पतिको हत्या गरेकी छन् ।

नगरपालिकाको वडा नं-५ का ५९ वर्षीय सुब्बा कामीको आफ्नै पत्नीले धरिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटना आइतबार बिहानको भएको प्रहरीको भनाई छ। पत्नीको प्रहारबाट पतिको टाउको खुटा लगायतका ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा ५५ वर्षीया पत्नी बुधामाया कामीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी राम किशोर शाहले जानकारी दिनुभयो ।

शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लुको शबगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्