नेचासल्यान : स्वर्गीय जिम्मवाल हितानन्द(काशीनाथ) जमरकट्टेल अक्षयकोष स्थापना




खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।बार्षिक व्याज संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र श्री कैलाशेश्वर महादेव मन्दिरकाे पुजा अर्चनामा खर्च गर्ने गरि जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल मातहत १ लाख ६० हजारको अक्षयकोष स्थापना गरिएको छ।

साविक नेचा बेतघारी वडा नं-३ निबासी स्थानीय समाजसेवी स्वर्गीय जिम्मवाल हितानन्द (काशीनाथ) जमरकट्टेलको नाममा सो अक्षयकोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद जम्मरकटेलले जानकारी दिए।

स्वर्गीय जिम्वाल हितानन्द (काशीनाथ) जमरकट्टेल स्मृति अक्षयकोषका लागि परिवारका तर्फबाट जेठ १९ गते राष्ट्रिय बाणिज्य बैंक नेचासल्यान शाखामा मुद्दति खाता सञ्चालनमा ल्याइएको छ।

अक्षयकोष स्थापनाका लागि छोराहरू नेचा बेतघारी गाउँ पन्चायतका तत्कालीन प्रधानपन्च साेमप्रसाद जमरकट्टेल,नेचासल्यान गाउँपालिका वडा नं-३ का निबर्तमान वडा सदस्य खेमप्रसाद जमरकट्टेलसहित ,चामप्रसाद जमरकट्टेल,दिब्यराज जमरकट्टेल तथा बुहारी शान्ता जमरकट्टेलले सो रकम जम्मा गरेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्