भदौमा हुने नाडा अटो शोका लागि जेठ २६ गतेदेखि स्टल बुकिङ्ग रजिष्ट्रेसन खुल्ला गरिने
काठमाडौँ ।यसअघि स्थगित भएको नाडा अटो सो भदौ ७ देखि १२ गतेसम्म हुने भएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले सवारी साधन तथा पार्टपूर्जाको प्रदर्शनी मिति तय गरेको हो । १५ औं संस्करणको नाडा अटो एक्स्पो २०२२ का लागि स्टल बुकिङको मिति समेत तोकिएको छ।काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने मेलाका लागि जेठ २६ गतेदेखि ३० गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेसन खुल्ला गरिने नाडाले जनाएको छ ।
नाडाका अनुसार सीमित ठाउँ तर प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।
प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे सवारी साधन तथा पार्टपूर्जा, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स् एवम् ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेसन गर्न मिल्ने छ । यस वर्षदेखि कमर्सियल भेहिकललाई पनि सम्मिलित गर्ने उद्देश्यले स्टल बुकिङ्ग रजिष्ट्रेसन आह्वान गरिएको छ ।(फाईल फोटो)

