उम्मेदवारी फिर्ता लिन गृहमन्त्रीले गरेको आग्रह कांग्रेस नेता पौडेलद्वारा अस्वीकार



भरतपुर।भरतपुर महानगरपालिकाको मेयर पदमा बागी उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले गृहमन्त्री बालकृष्ण खाँणको आग्रहलाई अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि उम्मेदवारी फिर्ताका लागि आग्रह गर्न पुगेका गृहमन्त्री खाँणलाई पौडेलले आफू फर्किन नमिल्ने ठाउँमा पुगिसकेकाे बताउंदै बागी उम्मेदवारी फिर्ता नलिने बताएका हुन्। खाँण बिहीबार बिहान पाैडेलकाे घर पुगेका थिए ।

‘नोमिनेसन फिर्ता गर्दिनुस् भन्ने उहाँको आग्रह थियाे,’ पौडेलले भने, ‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु भनेर मैले भनेँ ।’

प्रतिक्रिया दिनुहोस्