अत्यधिक चिसोका कारण पाल्पामा दुई जनाको मृत्यु



पाल्पा । अत्यधिक चिसोको कारण पाल्पा सदरमुकाम तानसेनमा दुई जनाको मृत्यु भएको छ ।
तानसेन नगरपालिका–४, बडीज्ञान टोलमा बस्ने ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका–४ स्थायी घर भएका ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए ।

उनीहरू दुवैजनाको शव शनिवार बिहान फेला परेको थियो । तानसेनमा ज्याला मजदुरी गर्दै आएका गिरीको शव तानसेन सिल्खानटोलमा भेटिएको थियो । त्यस्तै अर्घाखाँचीको छत्रकोट स्थायी घर भएका परियार तानसेन नगरपालिका–६ बसपार्क नजिकै अचेत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्