पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक, रहस्य साप्ताहिक ‘क’ बर्गमै
काठमाडौं।साताको हरेक बिहिवार प्रकाशित हुँदै आएको रहस्य साप्ताहिक अघिल्ला बर्षहरुमा जस्तै यो बर्ष पनि क बर्गमा वर्गीकृत भएको छ।

प्रेस काउन्सिल नेपालले सार्बजनिक गरेको दुई आर्थिक बर्षको पत्रपत्रिका वर्गीकरण नतिजामा रहस्य साप्ताहिक प्रदेश क बर्गमा वर्गीकृत भएको हो।
गत शुक्रबार बसेको काउन्सिलको बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आव। २०७५ र ७६ र २०७६ र ७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरेको थियो।
काउन्सिलका अनुसार आर्थिक बर्ष २०७५ र ७६ को बर्गीकरणमा २१९ वटा क वर्गमा,४ सय ७६ वटा ख वर्गमा १ सय ३७ वटा ग बर्गमा र १५ वटा घ बर्गमा बर्गीकृत भएका छन् ।३६ वटा पत्रपत्रिका नियमित भएर पनि हुबहु भएका कारण बर्ग कायम नभएको काउन्सिलले जनाएको छ।आव २०७५ र ७६ को वर्गीकरणको लागि ८८३ प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२पत्रपत्रिकाले फारम भरेका थिए।
त्यस्तै, आर्थिक वर्ष २०७६ र ७७ को वर्गीकरणका लागि ८७८ प्रदेशस्तर, १६९ राष्ट्रियस्तर १४९ र स्थानीयस्तरका लागि ५६० पत्रपत्रिकाले आवेदन दिएकोमा २ सय ३९ क , ४ सय ३१ ख, १ सय ६३ ग बर्ग र ४५ वटा हुबहुमा परेका छन् । यो आर्थिक बर्षमा घ बर्गमा भने कुनै पत्रपत्रिका नपरेको काउन्सिलले जनाएको छ।
नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुन योग पुन मूल्याङ्नका लागि निवेदन दिन सकिने पनि काउन्सिलले जनाएको छ।

