आज हिमपात र हल्का बर्षाको सम्भावना



काठमाडौं।पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको मौसम बुलेटिनमा बाग्मती र प्रदेश नं १ का केही स्थानहरुमा हल्का वर्षारहिमपात भइरहेको छ।

शुक्रबार दिउँसो देशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू(भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राती देशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्यतया बदली रही तराईका भू(भागमा सामान्यतया सफादेखी आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार पहाडी तथा तराई भेगका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्