सात दिन आइसोलेसनमा बसेपछि पुनः पिसीआर गर्नु नपर्ने



सरकारले कोरोना संक्रमण भएका व्यक्ति सात दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्न नपर्ने बताएको छ । सात दिनसम्म आइसोलेसनमा बसेको व्यक्तिमा कुनै लक्षण नदेखिएको खण्डमा पुनः पिसीआर परीक्षण गर्न नपर्ने भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्ण प्रसाद पौडेलले सात दिनपछि संक्रमण सर्ने जोखिम न्यून हुने भएकाले पुनः परीक्षण गरिराख्नु नपर्ने बताए । लक्षणविहीन अवस्था भएमा मात्र पुनः परीक्षण गर्नु नपर्ने उनको भनाइ छ ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूले पाँच दिन अनिवार्य क्वारेन्टिनमा बसेर मात्र पिसीआर परीक्षण गराउन उनको अनुरोध छ । पाँच दिनअघि नै परीक्षण गर्दा नतिजा नआउने भन्दै पाँच दिन क्वारेन्टिनमा बसेर मात्र परीक्षण गर्न उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्