त्रिवि शिक्षण र वीर अस्पतालका स्वास्थ्यकर्मीहरुमा फैलिंदै कोरोना



काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकसहित ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रवाह प्रभावित भएको छ । बिहीबार दिउँसोसम्म ६० जनाभन्दा बढी चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल जनशक्ति व्यवस्थापनमा जुटेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा। दिनेशुकमार काफ्लेका अनुसार त्रिविमा पीसीआर सेवा २४ घण्टाबाट घटाउने, नयाँ कर्मचारीको छुट्टी मिलाउनेलगायत निर्णय अस्पताल प्रशासनले गरेको छ । त्यसैगरी लक्षण नदेखिएका संक्रमित स्वास्थ्यकर्मीको आइसोलेसन अवधि कम गर्ने, वार्डहरु मर्ज गरेर सञ्चालन गर्ने लगायत निणर्यसमेत प्रशासनले गरेको छ ।

उता,वीर अस्पतालका ३० जनाभन्दा बढी कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ ।गएको दुई दिनयता यति धेरै कर्मचारीलाई संक्रमित भएको अस्पतालले जनाएको छ ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतका अनुसार कोरोना संक्रमितको संख्या थपिँदै गएसँगै स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिन थालेको छ । वीर अस्पतालको विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण तीव्र गति फैलिरहेको डा बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्