बिमानको ट्वाइलेटमा बच्चा जन्माएर डस्वीनमा फाल्ने २० बर्षीय युवती पक्राउ



काठमाडौं। २० वर्षकी एक युवतीले विमानको ट्वाइलेटमा बच्चा जन्माएर डस्टबिनमा फालिदिइन् । विमान अवतरणपछि विमानबाट ओर्लेर एयरपोर्टबाट बाहिरिने प्रयास गर्दै गर्दा उनी पक्राउ परेकी छिन् । यी युवती पूर्वी अफ्रिकी देश मेडागास्करबाट एयर मरिससको विमानमा चढेर १ जनवरीका दिन छिमेकी देश मौरिससको सर सिवोसागुर रामगुलाम अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी थिइन् ।

बीबीसीका अनुसार विमानबाट ओर्लिएपछि विमानका कर्मचारीलाई उनले बच्चा जन्माएको हुन सक्ने शंका भयो । त्यसपछि एयरफोर्स अफिसरहरुले कस्टम चेकको क्रममा शौचालय जाँच गरे । त्यहाँ डस्टबिनमा एक नवजात बच्चा फालिएको थियो । बच्चा ट्वाइलेट पेपरले ढाकिएको र रगत लत्पतिएको अवस्थामा भेटिएको थियो । अधिकारीहरुले बच्चलाई तत्काल अस्पताल भर्ना गरेका छन् ।

बच्चाको अवस्था अहिले ठिक भएको बताइएको छ । संदिग्ध महिलालाई पक्राउ गरेर बच्चा उनको हो कि होइन भनेर सोध्दा उनले बच्चा आफ्नो भएको कुरा अस्वीकार गरेकी छिन् । त्यसपछि उनको मेडिकल जाँच गराउँदा बच्चा उनकै भएको पुष्टि भएको छ । महिला पुलिसको नियन्त्रणमा छिन् । २ वर्षको कामदार भिसामा मौरिसस पुगेकी यी युवती अस्पतालमा छिन् । डिस्चार्ज भएपछि उनीविरुद्ध कानुनी कारवाही अगाडि बढाइनेछ ।

प्रतिक्रिया दिनुहोस्